दफा २२१
फाँटबारीमा खुलाउनु पर्ने

(१) यस परिच्छेद बमोजिम सम्पत्तिको फाँटवारी दिँदा देहायका विवरणहरू खुलाउनु पर्नेछः–
(क) जग्गा रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल र अनुमानित मूल्य,
(ख) घर भए त्यस्तो घर रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल, घरको कवल, नाल, तला, कच्ची पक्की र त्यसकोअनुमानित मूल्य,
(ग) चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मूल्य,
(घ) नगद भए त्यसको विवरण, बैङ्क मौज्दात, शेयर, डिबेन्चर, टे«जरी बिल भए त्यस सम्बन्धी विवरण,
(ङ) पशु धन भए त्यसको विवरण र अनुमानित मूल्य,
(च) सुन, चाँदी, जवाहरत भए त्यसको विवरण र अनुमानित मूल्य,
(छ) सवारी साधन भए त्यसको विवरण र अनुमानित मूल्य,
(ज) खण्ड (क) देखि खण्ड (छ) मा उल्लेख भए बाहेकका अन्य सम्पत्ति भए त्यस्तो सम्पत्तिको विवरण र अनुमानितमूल्य।
(२) उपदफा (१) बमोजिम कुनै सम्पत्तिको मूल्य नखुलेमा वा मूल्यको सम्बन्धमा विवाद परेमा अदालतले अचलको हकमा मालपोतकार्यालयले कायम गरेको मूल्यलाई र चलको हकमा तत्काल प्रचलित बजार मूल्यलाई आधार लिनु पर्नेछ ।